कोलम्बो । चरम आर्थिक संकट भोगिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो ।
सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गर्नुभएको थियो ।
राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गर्नुभएको थियो । शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
टापुको देश श्रीलंका पछिल्लो समय आर्थिक संकटबाट ग्रसित छ । आर्थिक संकटसँगै देशमा राजनीतिक संकट पनि चुलिएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता