कैलाली लम्की चुहाको मेयर, उपमेयर दुवैमा महिला निर्वाचित

Read Time = 1 min

कैलाली । कैलालीको लम्की चुहा नगरपालिकाको मेयर र उपमेयर दुबैमा महिला निर्वाचित भएका छन् ।

यहाँ प्रमुख पदमा गठबनधनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी शुशीला शाही र उपप्रमुखमा नेकपा एमालेकी जुना चौधरी विजयी हुनुभएको हो ।

शाहीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार महादेव बजगाइँलाई २२९० फराकिलो मतले पछाडि पार्दै नगरप्रमुख पदमा विजयी बन्नुभएको हो ।

ADVERTISEMENT

विजयी शाहीले १२ हजार ७१३ मत प्राप्त गर्नुभयो भने बजगाइँले १० हजार ४३५ मत पाउनुभयो ।

त्यस्तै उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी हुनुभएको छ । उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी माओवादीकी जानकी सिंहलाई ३३९९ फराकिलो मतले पछि पार्दै विजयी हुनुभएको हो ।

विजयी चौधरीले ११ हजार ७०७ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी जानकी सिंहले आठ हजार ३०८ मत ल्याउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज