नागेशले जोगाए विराटनगरमा कांग्रेसको विरासत

Read Time = 2 mins

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएका छन्। महानगर प्रमुखमा कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा एमालेकी शिल्पा कार्की विजयी हुनुभएको छ ।

कोइरालाले ३० हजार १७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभएको छ। यस्तै कार्कीले २५ हजार ६८० मत प्राप्त गर्दा उहाँकी निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जसपका अमरेन्द्र यादवले १४ हजार २१९ मत प्राप्त गर्नुभएको छ ।

नागेश हरिबाबु कोइरालाका नाति हुनुहुन्छ। हरिबाबु बीपी कोइरालाका राजनीतिक सहयोगी हो। तिनै हरिबाबुका नाति ४९ वर्षीय नागेश कोइराला पारिवारको राजनीतिक विरासत जोगाउँदै यो पटक विराटनगर महानगरको प्रमुख निवार्चित हुनुभएको छ ।

ADVERTISEMENT

२०५४ सालमा नेपाल तरुण दल, मोरङको कोषाध्यक्ष भएर कांग्रेसमा राजनीति गर्नुभएका उहाँ २०५६ मा तरुण दल मोरङको सभापति बन्नुभयो। २०६६ मा मोरङ कांग्रेसको कोषाध्यक्ष, २०७२ मा सचिव र १४औं जिल्लाअधिवेशनबाट उपसभापतिमा निर्वाचित उहाँ रोटरी क्लब अफ विराटनगर मिड टाउनको अध्यक्ष र राउण्ड टेबल–५ विराटनगरको अध्यक्ष पनि हुनुभयो ।

नागेशले दुई कार्यकाल महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेर कार्यभार सम्हाल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज