काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापित दोस्रो, सिर्जना पछ्याउँदै

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले आफ्नो अग्रता कायमै राख्नुभएको छ । शुरुवातदेखिनै उहाँको अग्रता कायमै छ भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना सिंह पछि पछि लागिरहनुभएको छ ।

ताजा समाचार अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ३३२६०, एमालेका केशव स्थापितले १७६९२ र कांग्रेसकी सिर्जना सिंहले १७५७९ मत पाउनुभएको छ ।

यता, नेकपा एमालेका उम्मेदवार स्थापितलाई कांग्रेसकी उम्मेदवार सिर्जनाले भेट्न लाग्नुभएको छ । सिर्जना र स्थापितबीच जम्मा ११३ मतको अन्तर छ ।

ADVERTISEMENT

अहिलेसम्म काठमाडौंका १० वटा वडाको अन्तिम परिणाम आइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज