हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारहरूले गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् ।
जम्मा ७३ हजार ४१४ मत खसेकोमा पछिल्लो मत परिणामअनुसार ६९ हजार ६ सय ९६ मत गणना हुँदा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा २ हजार मतान्तरले अग्रता बनाउनु भएको छ । ३ हजार ७१८ मत गणना हुने क्रममा रहेको छ ।
गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका राजेश बानियाँले मतगणना नसकिँदै आफ्नो जित सुनिश्चित गर्नुभएको छ । मेयरका उम्मेदवार अनन्त पौडेल र उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले मतगणना स्थलमै गएर बधाई दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts