बाँकेको ६ पालिकाको नतिजा सार्वजनिक कांग्रेसको वर्चश्व, अहिलेसम्म एमाले वडामै सीमित

Read Time = 7 mins

नेपालगञ्ज । बाँकेका आठवटा स्थानीय तहमध्ये दुईवटाको मात्र निर्वाचनको नतिजा आउन बाँकी छ । घोषित नतिजाअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका जितेको छ । एमालेले पालिकाको वडामै चित्त बुझाउनु परेको छ ।

बाँकेको राप्तीसोनारी, खजुरा, डुडुवा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको अन्तिम परिणाम घोषणा भइसकेको छ ।

राप्तीसोनारी गाउँपालिकामा कांग्रेसका तप्त पौडेलले १० हजार १४३ मत ल्याई अध्यक्षमा र पूर्णिमासिंह थारुले १० हजार १४३ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभएको छ । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पट्टु थारुले नौ हजार २९२ मत प्राप्त गरे भने एमालेका रामदास थारुले नौ हजार १२४ मत प्राप्त गर्नुभयो ।

नौवटा वडा रहेको राप्तीसोनारीमा कांग्रेसले अध्यक्ष–उपाध्यक्ष मात्र जित हासिल गरेको छ भने एमालेले पाँचवडा, माओवादी केन्द्रले तीन र राप्रपाले एउटा वडामा जित निकालेको छ ।

डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरी र शायदा बानो दोस्रो कार्यकालको लागि निर्वाचित हुनुभयो। अध्यक्ष चौधरीले ६ हजार २७२ मत ल्याउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले पाँच हजार १२५ मत प्राप्त गर्दा एमालेका सरोजकुमारी यादवले तीन हजार ७११ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा शायदाले पाँच हजार आठ सय ६४ मतले विजयी हुँदा जसपाका तरन्नुम बानोले चार हजार ७५४ मतले पछ्याउनु भएको थियो । एमालेका शकिल खानले चार हजार १५८ मत ल्याउँदै तेस्रो हुनुभयो । ६ वडा रहेको सो पालिकामा एमाले दुई, जसपाले तीन र कांग्रेसले एउटा वडामा जित हासिल गरेको छ ।

नेपालगञ्ज उपमहानगरमा जसपा(कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका प्रशान्त विष्टले २३ हजार ४६० मत प्राप्त गरी विजयी बन्नुभयो। उहाँले एमालेका पशुपतिदयाल मिश्रलाई झन्डै दोब्बर मतअन्तरले पछाडि पार्दै जित हासिल गर्नुभयो । मिश्रले ११ हजार ६७५ मत ल्याउनु भयो । राप्रपाका नन्दलाल वैश्य सात हजार ५९५ मत ल्याई तेस्रो स्थानमा पुग्नुभयो ।

ADVERTISEMENT

उपमेयरमा गठबन्धनबाटै जसपाका कमरुद्दीन राईले १७ हजार ९५० मत ल्याएर विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत ल्याएर दोस्रो र राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १३५ मत प्राप्त गर्नुभएको थियो । २३ वडा रहेको नेपालगञ्जमा उपमेयरसहित ६ वडा जितेर पहिलो पार्टी, मेयरसहित पाँच वडा जितेर कांग्रेस दोस्रो, पाँच वडा जितेर एमाले तेस्रो, चार वडा जितेर माओवादी केन्द्र चौथो र तीन वडामा जित निकालेर राप्रपा पाँचौ स्थानमा पुगेको छ ।

बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डम्बर बिक तुफान अध्यक्षमा विजयी हुनुभयो । उहाँले १० हजार ७९० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सुमन मल्लले नौ हजार १३७ मत प्राप्त गर्नुभयो ।

गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसकी उपाध्यक्ष मञ्जु मल्लले १० हजार ३४ मत प्राप्त गरी विजयी हासिल गर्नुभयो। उहाँकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तजरुन निशाले आठ हजार ९१ मत प्राप्त गर्नुभयो । आठ वडा रहेको खजुरामा माओवादी केन्द्रले चार, काँग्रेस तीन र एमालेले एउटा वडा मात्र जितेको छ ।

जानकी गाउँपालिकामा कांग्रेसका छब्बन खाँ ६ हजार ६५३ मत ल्याएर विजयी हँुदा उहाँका निकटतम प्रातिद्वन्द्वी एमालेका हिमान्शु यादवले चार हजार ७९५मत ल्याउनु भयो। उपाध्यक्षमा कांग्रेसकै रामप्यारी यादवले ६ हजार ६०९ मत ल्याउँदै विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी भूमिसरा धितालले तीन हजार ४५६ मत प्राप्त गर्नुभयो। धिताल निवर्तमान उपाध्यक्ष हुनु हो । ६ वडा रहेको सो पालिकामा माओवादी केन्द्रले एक, जसपाले दुई, कांग्रेसले तीन वडामा जित हासिल गरेको छ ।

यसैगरी बाँकेको बैजनाथ गाउँपालिकामा कांग्रेसका प्रकाश शाहले १२ हजार १८० मत प्राप्त गरेर विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका घननाथ खनालले १० हजार ३८२ मत प्राप्त गरे भने माओवादी केन्द्रका दिपेन्द्र शाहले पाँच हजार २१४ मत प्राप्त गरी तेस्रो हुनुभयो ।

बैजनाथ गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निर्मला रोकाय १२ हजार १ ५२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रातिद्वन्द्वी एमालेकी प्रेमपूर्णा योगीले १० हजार ७३३ मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?