सेयर बजारमा सामान्य सुधार

Read Time = 3 mins

काठमाडौं । साताको दोस्रो कारोबार दिन बुधबार सेयरमा सामान्य सुधार देखिएको छ । मंगलबार ८५ अंकले घटेको नेप्से यस दिन ८.९० अंकले बढेको छ । सेयरमूल्य बढ्नेमा अधिकांश जलविद्युत् क्षेत्रका कम्पनी रहेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार नेप्से ८.९० अंकले बढेर २२७४.४२ अंकमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले बढेर ४४१.०९ अंकमा पुगेको छ ।

यस दिन एक अर्ब ३२ करोड ६३ लाख २० हजार तीन सय ४६ रुपैयाँको सेयर कारोबार भएको छ । कुल दुई सय २७ कम्पनीको ३१ लाख ५६ हजार नौ सय १३ कित्ता सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल १३ समूहमध्ये आठ समूहगत सूचक बढेका छन् भने पाँचवटाको घटेको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.८० प्रतिशतले बढेको छ । विकास बैंक र फाइनान्स पनि एक प्रतिशतभन्दा धेरैले बढेको छ ।

राधी विद्युत् कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै ६.०२ प्रतिशतले बढेको छ भने सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य ५.९१ प्रतिशत, वरुण हाइड्रो ५.७७, इमर्जिङ नेपाल लिमिटेड ३.५७, नेसनल हाइड्रोपावर ५.५४, सामलिङ पावर ५.३१, कालिका पावर ५.२६, युनिभर्सल पावर ५.२०, युनियन पावर ५.१८ र अरुण काबेली पावर कम्पनीको सेयरमूल्य ५.१७ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सर्वाधिक पाँच करोड ३८ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने जाल्पा सामुदायिक लघुवित्त चार करोड ५९ लाख, हिमालयन डिस्टिलरी चार करोड ३९ करोड, नेपाल लाइफ तीन करोड ५९ लाख, अरुण काबेली पावर तीन करोड ६२ लाख, राधी विद्युत् कम्पनी तीन करोड ६० लाख, ङादी गु्रप पावर तीन करोड ३० लाख, नेसनल हाइड्रोपावर तीन करोड १७ लाख, सूर्या लाइफ इन्स्योरेन्सको तीन करोड र अपि पावरको तीन करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सूर्योदय वोमी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ भने प्रिमियर इन्स्योरेन्सको ४.३९ प्रतिशत, सूर्या लाइफ ४.२८, एसियन लाइफ ३.९८, महुली लघुवित्त २.९९, प्रभु इन्स्योरेन्स २.७८, मञ्जुश्री फाइनान्स २.६९ र ज्योति लाइफको पनि २.६२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?