भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै छ । २६ हजार ४२६ मत गणना हुँदा रेनुले ९ हजार ५४२ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, एमालेका विजय सुवेदीले ८ हजार ८७ मत प्राप्त गरी रेनुलाई पछ्याइरहनु भएको छ। अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपमेयरमा गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३८२ मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी हिमला गुरूङले ६ हजार ५९३ मत प्राप्त गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts