पोखरा । पोखरामा गठबन्धनले अग्रता करिव २ हजार पुर्याउन लागेको छ । मिश्रित दावी गरिएका वडाहरुको गणनामा गठबन्धन अघि देखिएको छ ।
मेयरमा धनराज आचार्यले १ हजार ८४५ मतसहित अग्रता लिनुभएको छ । उहाँले १४ हजार ३६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५१७ मत पाउनुभएको छ ।
उपमेयरमा गठबन्धनकी कोपिला रानाभाट भने झिनो अन्तरले अगाडि हुनुहुन्छ। उहाँले एमालेकी मन्जुदेवी गुरुङलाई ३९० मतले पछि पार्नुभएको छ । कोपिलाको १४ हजार ६६६ मत आउँदा मञ्जुको १४ हजार २७५ मत छ । हालसम्म ३४ हजार ६१७ मतगणना भैसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts