काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । पछिल्लो मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले १५ हजार ८४५ मत प्राप्त गर्नुभएको छ ।
शाहलाई निरन्तर पछ्याई रहनुभएका नेकपा (एमाले) का मेयर पदका उम्मेद्वार केशब स्थापितले ८ हजार ३२० मत ल्याउनु भएको छ ।
यस्तै, गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले ७ हजार ३१५ मत ल्याउनुभएको छ ।
शनिबार बिहान पौने दश बजेबाट मतगणना जारी छ । सुस्त गतिमा चलिरहेको मतगणनामा वडा नम्बर १ र २ को सकिएको छ भने अहिले ३,४,५,६,२९,३०,३१ र ३२ को मत गणना चलिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts