-प्रकाश मैनाली
सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत वडा नम्बर १७ मा आज पुनः मतदान भइरहेको छ ।
उक्त वडामा बिहान ७ बजेबाट मतदान भइरहेको र अहिलेसम्म शान्तीपूर्ण रुपमा मतदान चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।
यहाँ जनता समाजवादी पार्टी पक्षले आफू पक्षीय मतदातालाई गत वैशाख ३० गते शुक्रबार बिहानै मतदान गराएपछि मध्यान्हबाट भने अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोपसहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनः मतदानको माग गर्दै उजुरी दिएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
वडा नं. १७ को आधारभूत विद्यालय परोरिया मतदानस्थल अन्तर्गत दुई वटा मतदान केन्द्रमा जम्मा एकहजार ९५४ मतदाता भएपनि त्यहाँ शुक्रबार साँझसम्म ३७२ मत मात्र खसेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts