खोटाङमा नेकपा एसको दुई वडाध्यक्ष निर्वाचित

Read Time = 1 min

खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी हुनुभएको छ । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उहाँहरु वडाध्यक्ष चुनिनुभएको हो ।

ADVERTISEMENT

खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् ।

यस्तै, बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज