इलाम । इलाममा स्थानीय तह निर्वाचनको मत गणना सुरु भएको छ । इलाम नगरपालिकामा नेपाली कंग्रेसका केदार थापाले अग्रता लिनुभएको छ ।
इलाम नगरपालिका-१ साखेजुङ्गको मत गणना हुँदा कांग्रेसका केदार थापाले १७७ मत पाउँदा एमालेका धिरेन चेम्जोङले १२१ मत पाउनुभएको छ ।
सूर्योदय नगरपालिकामा गठबन्धनका उम्मेदवार रणबहादुर राईले अग्रता लिनुभएको छ । उहाँले ८० मत पाउँदा एमालेका काजिमान कागतेले ७० मत पाउनुभएको छ । माङसेबुङ्ग गाउँपालिकामा कांग्रेसका डिकेन्द्र इदिङ्गोको सुरुवाती अग्रता छ ।
चार सय मत गठना हुँदा इदिङ्गोले २५६ र एमालेका उम्मेदवार हेमन्त राईले ५८ मत पाउनुभएको छ । माईजोगमाई गाउँपालिकामा एकालेका कुशबहादुर थेबेले अग्रता लिनुभएको छ ।
थेबेले २०३ मत पाउँदा गठबन्धनका उम्मेदवार जीत बहादुर राईले १६० मत पाउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts