दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।
राजधानीको पश्चिममा रहेको मुण्डका मेट्रो स्टेसन नजिकै आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। आगलागी हुँदा ७० भन्दा बढी मानिस भवनमा रहेको बताइएको छ। प्रहरीले झ्यालका सिसा फोडेर मानिसको उद्धार गरेको थियो।
सम्पूर्ण शवहरु बरामद गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तीन तल्ले उक्त भवनको पहिलो तल्लाबाट आगलागी प्रारम्भ भएको बताइन्छ ।
आगलागी हुने बित्तिकै कतिपय मानिसहरु बाहिर दौडिएर ज्यान जोगाएका थिए । आगलागीको कारण भने अहिलेसम्मखुल्न सकेको छैन ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताउनु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts