जीवन जन्म र मृत्युुको दोसाँध हो । यही दोसाँधमा हुर्केको प्राणी हो मानव । मानव जीवनका सबै क्रिया हुुन् कर्म । कर्मप्रति सचेत मानिसका सबै क्रियालाई समावेश गर्ने आधारलाई हामीले जीवनको चेतना मानेका छौं । यही चेतनाको स्तरबाट मानिसको जीवनका हरेक क्रियाहरू सचेत र जीवन्त बनेर आएका हुुन्छन् । सचेत मानवका क्रिया र समझदार शासकको शासकीय व्यवस्थाले राज्यका सबै अङ्ग र तिनले दिने व्यवस्थापकीय पक्षलाई गतिशील तुुल्याएका हुुन्छन् । चेतना कमजोर भएको र भावनाले भरिएको शासकले शासन व्यवस्थालाई जीवन्त राख्न सक्दैन ।
त्यसैले शासकमा विद्यमान् गुुण र त्यसले निर्वाह गर्ने भूूमिकाले राज्यव्यवस्थामा सदा नवीनपन आएको हुुन्छ । शासनमा देखापरेको अव्यवस्था र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम् शासक हुने गर्दछ । शासकमा विद्यमान् रहेका गुुण र उसका कर्मले दिने आधारले नै राज्यव्यवस्था सदा गतियुुक्त हुुने गरेको हुुन्छ ।
महाभारतमा हस्तिनापुुरका शासक धृतराष्ट्र असल शासक हुन सकेनन् । असल पिता र असल पति पनि हुन सकेनन् । पुुत्रको मोहले उनलाई शासन व्यवस्थामा रमाउन आदेश दिन सकेन । उनको मोहले महाभारतको युुद्धलाई निम्तो दियो । आफ्नो वंशको सर्वनाश उनका आँखाले त देखेन तर कानले सुुन्यो । यही हो उनीभित्रको पुुत्रमोह । सन्तानप्रतिको मोहमात्र नभएर उनमा पलाएको सत्ता लिप्सालाई कसैले पनि समाधान गर्न सकेन । हस्तिनापुुरका सबै व्यक्ति धृतराष्ट्रको मोहलाई मलजल नगरे पनि मौन समर्थन गर्न सफल भए । उनीहरूमा देखिएको निरीहपनले महाभारतको युुद्धलाई निम्तो दियो र मानवताको सर्वनाश भयो ।
विदुुरको कथन :
महाभारतका ज्ञानी चरित्र हुन् विदुुर । विदुुरलाई महाभारतले ज्ञानसम्पन्न व्यक्तिका रूपमा मानेको छ । उनले धृतराष्ट्रमा देखिएको मोहलाई नीतिका माध्यमबाट हटाउन खोजे तर सकेनन् । उनीभित्रको मोहलाई हटाउन अनेक प्रयास गरे तर असफल भए । उनले हस्तिनापुरका प्रधान शासकलाई भने
अनुुबन्धानपेक्षेत सानुुबन्धेषुु कर्मसु ।
सम्प्रधार्यं च कुुर्वीत न वेगेन समाचरेत् ।।
कुनै पनि कामको प्रयोजनलाई सम्झेरमात्र कर्मप्रति क्रियाशील हुनुु आवश्यक हुन्छ । हतारमा कुनै कार्यको आरम्भ गर्नु उपयोगी मानिँदैन । कर्मप्रतिको सचेतता र कर्मले दिने भावनाको स्वरूपमा मानिसले कर्मलाई जीवन्तता दिएर अघि बढ्नुु आवश्यक मानिएको हुुन्छ ।
विदुुरको यो भनाइ एक्कासि द्युतक्रिडा आयोजना गरेका धृतराष्ट्रलाई सम्झाउने उद्देश्यको थियो । आफ्नो पुुत्रको मोहमा फसेर शासनलाई सदा आफ्नो हातमा राख्न खोज्ने धृतराष्ट्रको भावनामा यी वचन चोटका रूपमा आएका थिए । शासन व्यवस्था सदा आफूूमा निहित राख्न खोज्ने उनलाई पुुत्रस्नेहले शासन व्यवस्थामा गतिशील बनाउन सकेको थिएन । उनी राज्यका सबै अङ्ग आफैंले नभई पुुत्र दुुर्योधन र शकुुनीका माध्यमबाट सञ्चालन गर्ने भावनामा तल्लीन थिए । यही भावनाको आवेशमा थिए उनी । मैले राज्य प्राप्त गरेँ । मेरो कर्मको सफलता यही हो भन्ने भावना शासकमा पलायो भने उसको शासन व्यवस्थाका सबै अङ्ग समाप्त हुुन्छन् । यही सन्दर्भलाई उठाउँदै विदुुर भन्छन् :
न राज्यं प्राप्तमित्येव वर्तितव्यमसाम्प्रतम् ।
श्रियं हृयविनयो हन्ति जरा रुपमिवोत्तमम् ।।
मैले चोहेको, खोजको, रोजेको राज्य मलाई प्राप्त भयो । अब मैले कुनै कर्मप्रति सचेत हुनुु आवश्यक छैन भन्ने भावना शासकमा पलाउनुु हुुँदैन । उद्दण्डताले सम्पत्तिलाई त्यसरी नै नाश गर्दछ जसरी वृद्धावस्थाले रूपको सुुन्दरतालाई नष्ट गरेको हुुन्छ । राज्य प्राप्त भयो । मेरो दायित्व र कर्तव्य केही छैन भन्ने भावना शासकमा पलायो भने संसारको कुनै पनि व्यक्ति र उसको शासन स्थिर रहन सक्दैन । यसको सबल प्रमाण हस्तिनापुरको राज्यलाई मान्न सकिन्छ ।
शासकको आधार :
शासक आफूूमात्र सचेत र सम्पन्न भएर राज्यको विकास हुुँदैन । राज्यको समग्र विकासलाई जीवन्त बनाउन उसभित्रका सबै भावना तथा क्रियाहरू गतिशील बनेर संस्कार, परम्परा र न्यायको वितरणमा निरन्तर गतिशील हुनुुु आवश्यक मानिएको हुन्छ । शासकका सबै भाव, आधार, कर्म राज्य र राज्यका बासिन्दाप्रति समर्पित हुुनुुपर्दछ । यसरी सबै कर्मले सचेतता अपनाउन सकेन भने राज्यका सबै अङ्ग गतिशील हुन सक्दैनन् । महाभारतमा शासकका कर्मलाई लिएर विदुर भन्छन् :
चक्षुुषा मनसा वाचा कर्मणा च चतुुर्विधम् ।
प्रसादयति यो लोकं तं लोकोद्रनुुप्रसीदति ।।
शासकले आँखा, मन, वाणी र कर्मलाई जनतामा समर्पित गर्दछ । त्यसबाट राज्य र राज्यका सबै अङ्ग प्रशन्न हुुन्छन् शासकमात्र होइन । शासकले धर्मको अनुुष्ठान सदा गर्नु आवश्यक रहेको हुुन्छ । यदि शासक नै अधर्मको अनुुष्ठानमा समर्पित भयो भने राज्यमा रहेका सबैले दुुःख पाउँछन् । शासकका कर्म र व्यवस्थाले पनि गति पाउन सक्दैन । यदि शासकले धर्मका माध्यमबाट शासन चलाउन सकेन भने राज्य व्यवस्थितरूपले चलाउन सक्दैन । शासकले जुन तरिकाले व्यवस्थालाई जीवन्त बनाएको हुुन्छ त्यसले राज्य व्यवस्थाका सबै अङ्ग गतिशील र व्यवस्थित तरिकाले चलेका हुुन्छन् । शासकका कर्म र उसका सबै क्रियाकलाप व्यवस्थामा समर्पित हुनुु अति आवश्यक छ भन्ने कुुरा नै असल शासकको व्यवस्थागत मान्यता हो ।
नीति :
नैतिक मर्यादा शासकको गहना हो । कर्मप्रति सचेत, राज्यप्रति वफादार र व्यवस्थाप्रति प्रतिबद्ध शासक नै राज्यको सबैभन्दा असल शासक मानिएको हुन्छ । उसका सबै क्रिया राज्यप्रति उत्तरदायी हुने हुनाले राज्यलाई व्यवस्थित तरिकाले चलाउनुु उसको दायित्व र कर्तव्य पनि हो । राज्यमा भएका सबै अङ्गको रक्षा प्रधान सेवकको दायित्व हो । उक्त दायित्वबाट कहिले पनि शासक कमजोर हुनुुहुँदैन । प्रधान शासक नै कमजोर भयो भने व्यवस्थाका सबै प्रक्रिया र पद्यति कमजोर हुने कुरालाई राज्यको शासकले बुुझ्नुुपर्दछ ।
सत्येन रक्ष्यते धर्मो विद्या योगेन रक्ष्यते ।
मृजया रक्ष्यते रूपं कुुलं वृत्तेन रक्ष्यते ।।
सत्यबाट धर्मको रक्षा हुन्छ, योगबाट विद्या सुरक्षित हुुन्छ, सफा सुुघ्घरपनले रूपको रक्षा हुुन्छ र सदाचारले कुलको रक्षा हुुन्छ । यही कुरालाई जीवन्त बनाएको छ शास्त्रले । शास्त्रका माध्यमबाट गरिने सबै क्रियाले शासन व्यवस्थालाई जीवन्त र व्यवस्थित बनाएको छ । यही हो धर्मको शासन र असल शासकको कर्तव्य पनि ।
व्यवस्थाको सञ्चालक एक्लै अघि बढ्न सक्दैन । उसका सबै क्रियालाई उसका कर्मले गति दिएका हुुन्छन् । शासकको कर्म र त्यसले शासन व्यवस्थामा अपनाउने क्रियाले राज्यको व्यवस्था दिगो बनेको हुुन्छ । यही शासनको व्यवस्थामा शासकको कर्म रहेको हुुन्छ ।
आजको नीति :
आजको शासन व्यवस्था र त्यसले निम्त्याउने आधार शास्त्र बनेको छैन । आजका सबै शासकलाई जीवन्त बनाएको छ युुग र युुगीन मान्यताले । उसको मोह, लोभ, लालसामा आजको शासन व्यवस्था चलेको छ । शासनका सबै आधार शासकको मनमौजीका रूपमा रहेको छ । संसारका सबै शासक र उसले सञ्चालन गरेको राज्यका सबै आधार आफूू र आफन्तमा केन्द्रित रहेको छ । जीवनको सबै आधार मानवीय चेतना हुनुुपर्दछ । शासन व्यवस्था नियमसित चल्नुुपर्दछ । शासकका सबै आधार कानुुनमा समर्पित हुुनुुपर्दछ ।
राज्यका सबै अङ्ग र तिनले प्रवाह गर्ने भावनालाई शासकको मान्यताले जीवन्त बनाउन आवश्यक मानिन्छ । शासन व्यवस्थाको आधार र त्यसले निर्वाह गर्ने भूूमिका जनताप्रति समर्पित रहेको हुुन्छ । आज हामी सबै गुुणले सम्पन्न छौं । प्रविधिका माध्यमबाट संसारभरि आफ्नो पहिचान बनाउन सफल भएका छौं । यही प्रविधिमैत्रीका माध्यमबाट हामी अघि बढिरहेका छौं । न्याय मरेकोे छ । व्यवस्था कमजोर बनेको छ । जनताका सबै क्रिया र तिनले व्यक्त गर्ने भावनाले शासकको अवस्थालाई जीवन्त बनाएको छ ।
आज हामी स्थानीय निर्वाचनको संघारमा छौं । राज्यका सबै स्थानीय निकाय निर्वाचनको रङ्गमा रङ्गिएका छन् । विभिन्न प्रकारले प्रचारप्रसार गरिएको छ । निर्वाचन आयोगको कडाइका कारण प्रचार भड्किलो देखिएको छैन । उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त देखिएका छन् । प्रचार भड्किलो नभएको यो निर्वाचनमा निर्वाचित हुुने जनप्रतिनिधि जनताप्रति उत्तरदायी बनेर राष्ट्रको विकासमा सदा समर्पित रहूून् । जनतामा व्यवस्थाप्रति देखिएको वितृष्णा कमजोर बनोस् । राज्यका सबै अङ्ग क्रियाशील बनून् । जनताको विश्वास जनप्रतिनिधिले जितूून् । यही कामना शासकहरूमा छोड्दै ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच