क्यानडाको संसद्ले भन्यो- युक्रेनमा भएको रुसी हमला नरसंहार हो

Read Time = 1 min

ओटावा

युक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहार भनेका छन् । बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद् सदस्यहरूले मस्काले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको बताएका छन् ।

क्यानेडियन हाउस अफ कमन्सको प्रस्तावमा रुसले गरेको युद्ध अपराधमा सामूहिक अत्याचार, युक्रेनी नागरिकको जानाजानी हत्या, युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरण, यातना, शारीरिक तथा मानसिक हानी र बलात्कार जस्ता घटनाहरू समावेश छन् ।

ADVERTISEMENT

यसै महिनाको सुरुमा प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको आरोपलाई समर्थन गर्दै युक्रेनमा रुसी हमलालाई नरसंहारको रूपमा वर्णन गर्न धेरै मानिसहरूको लागि यो ‘बिल्कुल सही’ भएको बताएका थिए ।

युक्रेनमा रुसी हमलालाई लिएर प्रतिबन्ध लगाउने बिभिन्न पश्चिमा देशहरुमध्ये क्यानडा पनि एक हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज