काठमाडौं । सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा सेवा प्रदान गर्ने उद्देश्यका साथ विभिन्न स्थानमा शाखारहित सेवा विस्तार गरेको छ । बैंकले रामेछापको मन्थली नगरपालिका-१४ फुलासीमा ८४औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ भने ओखलढुंगाको मोलुङ गाउँपालिका-१ कुन्तादेवीमा ८५औँ शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
उक्त शाखारहित सेवासँगै बैंकको शाखारहित बैंकिङ संख्या ८५ पुगेको छ । बैंकले फुलासीका वसन्तकुमार लामा र कुन्तादेवीका लालप्रसाद ढकाललाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । शाखारहित सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध हुने बैंकले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा