काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप आज नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागको यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो । भोलि आइपुग्ने मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरि, आजै छ लाख डोज कोभिशिल्ड खोप नेपाल आइपुग्दैछ ।
खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts