काठमाडौं । नयाँ उपराष्ट्रपति चुनिनु अघि नै उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाड्नुभएको छ ।
शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाड्नुभएको हो ।
उहाँको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सर्नुभएको छ ।






