मन्त्री र उच्च तहका कमर्चारीको विदेश भ्रमणमा कडाइ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । सरकारले नेपाल सरकारका मन्त्री र उच्चपदस्थ कर्मचारीको विदेश भ्रमणमा कडाइ गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमणमा कडाइ गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो ।

बैठकले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले दूधको मूल्य बढाएर प्रतिलिटर ६५ रुपैयाँ कायम गर्ने पनि निर्णय गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, यती एयरलाइन्सको एटिआर-७२, नाइन एन-एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका महासेनानी पदमा एकजनालाई र सहायक रथी पदमा एकजना गरेर दुईजनाको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । उहाँका अनुसार बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय पनि भएको छ ।

त्यसैगरी, नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णयसमेत भएको छ । तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय सरकारले गरेको छ ।
सरकारले रामपुर स्वास्थ्य चौकी उदयपुरलाई १० शैय्याको आधारभूत अस्पतालमा स्तरोन्नति गर्नका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । सञ्चारमन्त्री शर्माले फागुन १९, २५ र ३० गते बसेको मन्त्रिपरिषद्का तीनवटा बैठकका निर्णय बुधबार एकैदिन सार्वजनिक गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *