मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री, रिक्त १६ मन्त्रालयमा यस्तो छ दावी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति निर्वाचन सम्पन्न भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि १६ मन्त्रालय रिक्त छ ।

मन्त्रालय भागवण्डामा सहमति जुटाउन सत्ता साझेदार दलहरूको बैठक पनि पटक पटक बसिरहेको छ ।

पुस १० मा एमालेसहितको गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धनमा नेपाली कांग्रेससहित आम जनता पार्टी र नेपाल समाजवादी पार्टीसहित १० दल आवद्ध छन् । ती १० दल समेतलाई लिएर प्रधानमन्त्री प्रचण्डले चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि मन्त्रीपरिषद विस्तार गर्न लाग्नुभएको छ ।

यसअघिको गठबन्धनमा भएर पनि सरकार छाडेको रवि लामिछाने नेतृत्वको रास्वपा आफूले राजेको मन्त्रालय पाए फेरि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छ । स्रोतका अनुसार रास्वपाले हाल दुई मन्त्रालय लिएर सरकारमा सहभागी हुनेगरी राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो ।

‘चितवन २ को उपनिर्वाचन अगाडि रास्वपा दुई मन्त्रालय लिएर सरकारमा जान तयार छ ।

यसैगरी, गठबन्धनमा १० दल भएकाले मन्त्रालय बाँडफाडमा सबैले हिस्सा खोज्दा मन्त्रिपरिषद् बिस्तार गर्दा सत्ताको नेतृत्व गरिरहेको माओवादीको हिस्सा घट्ने सम्भावना छ । कांग्रेसले पनि एमालेले यसअघि पाएको मन्त्रालय सबै दाबी गरेको स्रोतको भनाइ छ ।

ADVERTISEMENT

तर, सरकार विस्तारमा कांग्रेसले सात मन्त्रालय पाउने मोटामोटी सहमति छ । त्यसमा थप एक राज्यमन्त्री पनि हुनेछ । गृह, अर्थ, सञ्चार, परराष्ट्र, भौतिक पूर्वाधार र ऊर्जामध्ये मुख्य तीन मन्त्रालयसहित कांग्रेसले सरकारमा सहभागी हुने स्रोतले बतायो ।

गृहमन्त्रीमा कांग्रेसको दाबी भए पनि प्रधानमन्त्री प्रचण्ड गृह माओवादीले नै राख्नेमा अडानमा हुनुहुन्छ। कांग्रेसलाई रक्षा, अर्थ र स्वास्थ्य दिन भने प्रधानमन्त्री प्रचण्ड राजी भएको कांग्रेसका एक नेताले बताए ।

नेपाली कांग्रेसबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, प्रवक्ता डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, डा. शशांक कोइराला, एनपी साउत, धनराज गुरुङ, बद्री पाण्डे, आरजु राणा, मोहन बस्नेत, प्रदीप पौडेल, सीता गुरुङलगायत मन्त्रीको लाइनमा छन् ।

परराष्ट्र, ऊर्जा र सञ्चारमध्ये एकमा नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा र जनमत पार्टीको पनि दाबी छ । उनीहरूले दुई/दुई मन्त्रालय पाउनेछन् ।

यता नेसपा र आनेपाले पनि एक/एक मन्त्रालयमा दाबी गरेका छन् । आजपाका अध्यक्ष प्रभु शाह र नेसपा अध्यक्ष महेन्द्र राय यादव पनि मन्त्रीका लागि दाबी गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज