काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीलाई विविध प्रकारका दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ । तर, पछिल्लो समय देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको भन्दै कम्पनीले चिन्ता प्रकट गरेको छ ।
उक्त अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाका रूपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको कम्पनीले जनाएको छ ।
कुनै स्थानमा सेवा अवरुद्ध हुने गरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनामा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा