मुक्तिनाथ विशिष्ट सहज कर्जा

Read Time = 1 min

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना ल्याएकोे छ । केही समयदेखि बजारमा देखिएको तरलता संकटसँगै ग्राहकले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले नयाँ योजना घोषणा गर्दै कर्जा आवश्यक परेका कुनै पनि ग्राहकलाई मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा सम्पर्क राख्न आहृवान गरेको छ ।

योजनाअन्तर्गत दुई करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषि कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

ADVERTISEMENT

कर्जा लिन इच्छुक कर्जाग्राहीलाई सम्पूर्ण आवश्यक कागजात पूरा गरेको तीन कार्य दिनभित्रै सर्वसुलभ ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?