काठमाडौ । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचकमा ०.४७ अंकले ओरालो लागेर १९७५.४३ विन्दुमा आएको छ ।
यो सेसनमा १४० कित्ता सेयर कारोबार हुँदा ८५ हजार ३४४ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यो सेसनमा कुल ३ वटा कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।
बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।






