टिपरको ठक्करले पत्रकार पवनलाल श्रेष्ठको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । काठमाडौंको साँखुमा टिपरको ठक्करले पत्रकार पवनलाल श्रेष्ठको निधन भएको छ । शंखरापुर नगरपालिका घर हुनुभएका पत्रकार पवनलाल श्रेष्ठको दुर्घटनामा निधन भएको हो । श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवं साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुनुहुन्छ ।

ADVERTISEMENT

बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा हरि खड्काको पनि निधन भएको छ । प्रहरीका अनुसार दुर्घटनामा पुनम श्रेष्ठ घाइते हुनुभएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *