काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।
राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता