काठमाडौं । एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा आएको छ । सबै प्रकारका मोटरसाइकललाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ प्रालिले नयाँ ब्याट्री नेपाली बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्याँस रिकम्बिनेशन प्रणाली एवं लिड क्याल्सियम प्रविधि जस्ता अत्याधुनिक विशेषता भएको ब्याट्रीमा पानी कहिल्यै थप्नुपर्दैन ।
फ्याक्ट्रीबाटै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिन प्रयोग गरिएको छ । ४८ महिना वारेन्टी भएको ब्याट्रीले प्रयोगकर्तालाई मर्मतसम्भारको झन्झट नपर्ने कम्पनीको दाबी छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts