उपराष्ट्रपति निर्वाचन: खसआर्यबाहेक वा महिलाको मात्र मनोनयन दर्ता गर्न आयोगको निर्देशन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि खसआर्यबाहेकका समुदाय वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्देशन दिएको छ ।

राष्ट्रपतिमा खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले अब उपराष्ट्रपतिमा खसआर्यबाहेक समुदायका वा महिलाको मात्र उम्मेदवारी दर्ता गर्न आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

शुक्रबार बसेको आयोगको बैठकले खसआर्य समुदायबाहेक वा महिलाको मात्र मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

३ चैतमा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *