राजेशपायलको आपत्ति : प्रमाणविना मानहानि गर्न मिल्छ ?

Read Time = 2 mins

काठमाडौं । गायक राजेशपायल राईले मिडियामा आएको समाचारप्रति आपत्ति जनाउनुभएको छ । उहाँले प्रमाणविना लगाइएको आरोप आफूलाई बदनाम गराउने र क्यारियर समाप्त पार्ने गिरोह सक्रिय हुन लागेको समेत उल्लेख गर्नुभएको छ ।

‘राई इज किङ’ ‘मेघास्टार’ उपनाम पाईसक्नुभएका गायक राईले बिनाप्रमाण केही मिडियाहरूले व्यक्तिगत डिटेल प्रकाशन गरेर मानहानि गरेको भन्दै प्रमाण ल्याए आफ्नो शिर पाउमा राखिदिने चुनौतीसमेत दिनुभएको छ ।

ADVERTISEMENT

‘एउटा स्टाटस कै भरमा कसैलाई यति ठूलो गाली गलौज लेख्न मिल्छ ? थम्नेलमा डिस्क्रिप्सन दिन मिल्छ ? म चुनौत दिन्छु । यदी प्रमाण ल्याउनु भयो भने तपाईको पाउमा मेरो शिर राखि दिन्छु’, सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ ।

यस्तै उहाँले आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको भन्दै आउँदा दिनहरूमा आफूमाथि यस्तै कुनै षडयन्त्र भयो भने आश्चार्य मान्नु नपर्ने पनि उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *