काठमाडौं । एभरेष्ट बैंकले नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने अमर/शहीद एवं अशक्त, अवकाशप्राप्त दर्जाका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततिलाई जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
सो सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी कल्याण कोषबीच २५ लाख रुपैयाँ ‘नेपाल प्रहरी-एभरेष्ट बैंक अक्षय कोष’ स्थापना गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको उपस्थितिमा प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशवराज पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।






