क्रिकेट टिकटमा माई पेको छुट

Read Time = 1 min

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल, युएई र पपुवा न्युगिनीबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको टिकट माइपे डिजिटल वालेटबाट बुकिङ गर्न सकिने भएको छ । खेलको टिकटिङ पार्टनर रहेको माई पे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ ।

ADVERTISEMENT

कम्पनीका अनुसार टिकटको मूल्य १५० निर्धारण गरेकोमा माई पे डिजिटल वालेटमार्फत् डिजिटल खरिदमा टिकटको मूल्य १२० मात्रै हुनेछ । खेल फागुन २५ गतेदेखि टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । माई पेले डिजिटल टिकटलाई प्रोत्साहित गर्न टिकटमा छुटको व्यवस्था गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज