बलियो बन्दै पाकिस्तानी रुपैयाँ

Read Time = 2 mins

इस्लामावाद । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँ शुक्रबार केही बलियो देखिएको छ । लगातार ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८.४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ ।
बिहीबार अमेरिकी डलर २८५.०९ रुपैयाँमा कारोबार बन्द भएको थियो । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको भाउ ६.६३ रुपैयाँ अर्थात २.३८ प्रतिशतले बढेको छ ।

सिन्हृवासँग कुरा गर्दै पाकिस्तानी वाणिज्य बैंक सिल्क बैंकका ट्रेजरी प्रमुख रेहान अतिकले अघिल्लो सत्रमा ग्रीनब्याकको मूल्यमा भएको व्यापक वृद्धिले निर्यातकर्तालाई आफ्नो डलर बजारमा बेच्न प्रोत्साहित गरेको र त्यस कदमबाट स्थानीय मुद्रामा सुधार आएको बताउनुभयो ।

ADVERTISEMENT

पाकिस्तानको विदेशी मुद्रा संघका प्रमुख मलिक बोस्तानका अनुसार बजारमा देकिएको अस्थिर प्रवृत्तिको मुख्य कारण पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कार्यक्रमको वरिपरि बढ्दै गएको अनिश्चितता हो । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज