काठमाडौं । डिसहोमको रिचार्ज गर्दा दुईजनाले एक-एक लाख रुपैयाँ जितेका छन् । भीमसेन थापा गाउँपालिका २ का रामजीप्रसाद अंगाईं र गंगाजमुना गाउँपालिका ४ का राजेन्द्र भण्डारीले एक-एक लाख रुपैयाँ जित्नुभएको हो ।
डिसहोमतर्फबाट सेल्स अफिसर मदन सापकोटा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले विजेतालाई नगद पुरस्कार हस्तान्तरणा गर्नुभयो । डिलर दाइ विष्णुमणि श्रेष्ठ, चुलनारायण श्रेष्ठ र धर्मेन्द्र श्रेष्ठकोमा एक वर्ष रिचार्ज गरेर अंगाईं र भण्डारीले लक्की ड्रमा सहभागी हुने अवसर पाउनुभएको हो ।






