महिला सांसदका आवाज सञ्चार माध्यमको प्राथमिकतामा परेन : सभामुख घिमिरे

Read Time = 3 mins

काठमाडौं ।  सभामुख देवराज घिमिरेले संसदमा महिला सांसदहरुले उठाएका आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्ने बताउनु भएको छ ।

प्रेस काउन्सिल नेपालले शुक्रबार काठमाडौं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभामुख घिमिरेले सञ्चार माध्यमले विषयभन्दा पनि व्यक्तिलाई केन्द्रित गरेर प्राथमिकतामा राख्ने गरेको बताउनु भयो ।

‘म सभामुख भएको धेरै समय त भएको छैन, तर संसदमा महिला माननीयका कतिपय गम्भीर विषयलाई पनि मिडियाले प्राथमिकता नदिएको अनुभव गरेको छु,’ उहाँले भन्नुभयो, ‘व्यक्ति हेरेर केही माननीयहरुले बोलेको कुरा चाहिँ प्राथमिकताका साथ आउँछन् ।’

सभामुख घिमिरेले व्यक्तिभन्दा पनि विषयलाई प्राथमिकता दिन सके सञ्चारमा महिलाका सवालले प्राथमिकता पाउने उल्लेख गर्नुभयो । उहाँले संघीय संसदले विगतमा महिला सांसदहरुका लागि सञ्चार सम्बन्ध विस्तारका लागि कार्यक्रम गर्ने गरेको उल्लेख गर्दै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिनुभयो ।

ADVERTISEMENT

सभामुख घिमिरेले संसद रिर्पोटिङमा पत्रकार महिलाहरुको उपस्थिति कम रहेको बताउँदै सञ्चारसँग सम्बन्धित संस्थाहरुले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गर्नुभयो । सभामुख घिमिरेले प्रेस काउन्सिल ऐनलाई संशोधन गर्दै समयसापेक्ष बनाउने धारणाप्रति आफू सकारात्मक रहेको बताउँदै सरोकारवाला निकायलाई छलफल गर्न आग्रह गर्नुभयो

‘सञ्चारसँग सम्बन्धित रोकिएका विधेयक अगाडि बढाउन र समयानूकूल बनाउनेतर्फ पनि तपाईंहरुले गृहकार्य र छलफल गर्न सक्नुहुन्छ,’ उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रेस काउन्सिल ऐनका कतिपय दफाहरु संशोधन आवश्यक रहेको भन्दै समयानुकूल बनाउन सभामुखको ध्यानाकर्षण गराउनु भयो । उहाँले डिजिटल सञ्चार माध्यमलाई समेत समेट्ने गरी कानून संशोधनमा जोड दिनुभयो।

कार्यक्रममा त्रिभूवन विश्वविद्यालयका सहप्राध्यापक डा कुन्दन अर्याल, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले सञ्चारमा महिलाको उपस्थिति र महिला सवालका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?