काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज दोलखा जाँदै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले ग्रामीण विकास टुकी संघ दोलखाले आयोजना गर्ने प्रदर्शनी कार्यक्रममा सहभागी भएर टुकीका सदस्यहरूसँग साक्षात्कार गर्न कार्यक्रम रहेको संस्थाका कार्यकारी निर्देशक पुर्षाथ श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदर्शनीमा संस्थाले उत्पादन गरेका टुकी सदस्यका सफलताका कथालाई भिडियो, फोटो, फ्लेक्सलगायत माध्यमबाट सार्वजनिक गर्ने कार्यक्रम छ । हाल संघमा जिल्लाभरका ५२५ जना तालिम प्राप्त टुकी सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ ।
स्वीस सरकारले सञ्चालन गरेको सघन पहाडी क्षेत्र परियोजना (आरएचडीपी) ले शुरु गरेको टुकी अवधारणाबाट उत्पादित टुकीहरूले २०४८ सालमा स्थापना गरेको ग्रामीण विकास टुकी संघले खासगरी कृषि क्षेत्रको प्रवर्धनबाट नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन योगदान गरिरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements