प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यहरूको दोहोरो सुविधा कटौती

Read Time = 2 mins

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको नयाँ प्राज्ञ परिषद्को बैठकले प्रतिष्ठानबाट दोहोरो सुविधा लिँदै आएका आजीवन सदस्यहरूको पारिश्रमिक उपलब्ध नगराउने निर्णय गरेको छ । सोमबार बसेको बैठकले यस सम्बन्धि निर्णयमा गरेको हो ।

‘प्रज्ञा-प्रतिष्ठानको जीवनमा महत्वपूर्ण चासो र आलोचनाका रूपमा रहेका आजीवन सदस्यहरूको दोहोरो सुविधाका विषयमा निर्णय गर्नेपर्ने आवश्यकतालाई ध्यान दिई दोहोरो सुविधामा रहेका आजीवन सदस्यहरूलाई प्रज्ञा प्रतिष्ठानबाट दिइँदै आइएको मासिक पारिश्रमिक नदिने निर्णय गरेको छ ।

ADVERTISEMENT

नेपाल प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा २८को उपदफा (४)को प्रतिबन्धात्मक वाक्यांशबमोजिम दोहोरो पारिश्रमिक सुविधा प्रदान गर्न नमिल्ने हुँदा नेपाल सरकार, विश्वविद्यालयहरू तथा अन्य निकायबाट निवृत्तिभरण लिइरहेका आजीवन सदस्यहरूलाई यही फागुन महिनादेखि प्रतिष्ठानबाट आजीवन सदस्यको पारिश्रमिक/सुविधा उपलब्ध नगराउने निर्णय गरिएको हो’, कुलपति भूपाल राईद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ । यस्तै, प्राज्ञ परिषद् सदस्यहरूको कार्यविभाजनसमेत गरिएको जानकारी गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *