काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराउनु भयो ।
आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।
आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता