काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विराटनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । शनिबार आयोजित राइड टिभिएसको विराटनगर शोरुमबाट सुरु भएर लेटाङमा पुगेर समापन भएको थियो ।
राइडमा सहभागीबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो भने सहभागिताको प्रमाणपत्रका साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । राइडमा करिब ४० राइडर सहभागी थिए ।






