पोखरा । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साबिक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अण्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्षस्थानमा उक्लिनुभएको छ ।
पोखरास्थित ६९ पारको हिमालयन गल्फ कोर्समा जारी प्रतियोगितामा ३६ होलको समाप्तिमा समग्रमा १-अण्डर १ सय ३७ स्कोरसहित सुवासले पहिलो दिनका लिडर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्नुभयो ।
समग्रमा १-ओभर १ सय ३९ स्कोरसहित भेट्रान गल्फर रामे मगर र सञ्जय लामा संयुक्तरूपमा तेस्रो स्थानमा रहनुभएको छ । आयोजकका अनुसार नेपाल नम्बर एक शुक्रबहादुर राईले दलबहादुर लामासँग समग्रमा ४-ओभर १ सय ४२ सहित संयुक्तरूपमा पाँचौँ स्थान बाँड्नुभयो भने जयराम श्रेष्ठ सातौँ स्थानमा रहनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts