काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं को सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनले सुनिल अमात्यको अध्यक्षतामा २९ नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा अनिलकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजुलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रोहित श्रेष्ठ, तृतीय उपाध्यक्षमा भरत लामिछाने, उपाध्यक्षमा रामप्रमोद ठाकुर, राजेश श्रेष्ठ, जुद्धबहादुर चन्द, पूर्णमाया सारु, महासचिवमा पशुपति श्रेष्ठ, सचिवमा हरि लामिछाने, दिनेश वशिष्ठ, तोकबहादुर गहतराज, कोषाध्यक्षमा नवराज पनेरु, सहसचिवमा गोपाल कार्की रहनुभएको छ ।
सदस्यमा कर्णबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, ठमनाथ न्यौपाने, बुद तामाङ, दिनेशकुमार दाहाल, हाकुबहादुर श्रेष्ठ, शिवलाल श्रेष्ठ, शर्मिला कार्की रिमाल, उत्तम श्रेष्ठ, गगाबहादुर श्रेष्ठ, सिताराम विक, भमान रोइला, विमल श्रेष्ठ र गणेश थामी रहनुभएको छ ।
कार्यक्रम उद्घाटन गर्दै काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले महनगरपालिकाभित्र सञ्चालित ग्रिल उद्योगको यकिन तथ्यांक नहुँदा व्यवसाय अव्यवस्थित बनेको तथा महानगरपालिकाको राजस्वसमेत गुमेको भन्दै सबै ग्रिल व्यवसायलाई सहज दर्ता गराई वैधानिकता प्रदान गर्न महनगरपालिकाले सहयोग गर्ने बताउनुभएको छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले झन्झटिलो प्रक्रियाका कारण व्यवसायीले चाहेर पनि दर्ता गर्न नसकेको भन्दै सबै अवैध ग्रिल व्यवसायीलाई कानुनी दायरामा ल्याएर व्यवस्थित गर्न महानगरपालिकाले विशेष भूमिका खेल्नुपर्ने बताउनुभयो । काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठले भारतबाट आएका अवैध ग्रिल व्यवसायीका कारण वैधानिक स्वदेशी व्यवसायी धरासायी बन्दै गएको गुनासो गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता