काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिकाअनुसार बुधबार रातो आलु २६ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।
यसैगरी भारतीय सुन्तला १२० रूपैयाँ, कालो अंगुर १८०, अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १२०, अम्बा १००, आभोकाडो ५००, किवि ४०० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ ।
कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानिय ज्यापु २५ रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ३०, तोरी साग २० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।
तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खु्र्सानी सुकेको ४०० रुपैया, हरियो खुर्सानी ८० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ७० रुपैयाँ प्रतिकेजीमा पाइन्छ ।
यसैगरी, राजमा घिउ सिमी ८० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ४० रुपैयाँ, सुकेको प्याज ३१ रुपैयाँ, भिण्डी १३० रूपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनिया ३० रुपैयाँ र कागती १६० रुपैयाँ प्रतिकेजी रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts