सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद डा चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको छ । मंगलबारबाट उहाँले दोहोरो संवाद गर्न थाल्नुभएको छ ।

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उहाँको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उहाँको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ ।

घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उहाँले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

उहाँका अनुसार उहाँलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता शिवाकोटीले फेसबुकमा लेख्नुभएको छ, ‘ फागुन–९ बिहान १०।१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ। साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ। कल्चर रिपोर्ट आज आउदै छ।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गईरहेको छ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *