गौतम बुद्ध विमानस्थलमा अल जजिराको पुनः उडान

Read Time = 2 mins

काठमाडौं । अल जजिरा एयरलाइन्सले गौतम बुद्ध विमानस्थलबाट पुनः उडान सुरु गर्ने भएको छ । यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतमा नियमित उडान गर्दै आएकोमा जजिराले मौसमको कारण देखाउँदै पुसदेखि उडान स्थगित गरेको थियो । जजिराले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न लागेकोे विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभएको छ ।

जजिराले हप्ताको तीन दिन उडान गर्ने गरी अग्रिम टिकट बुकिङसमेत सुरु गरेको उहाँले बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको उक्त विमानस्थलको दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता भए पनि उडान सञ्चालन नहुँदा विमानस्थलले लाखौं रुपैयाँ घाटा बेहोेर्दै आएको छ ।

ADVERTISEMENT

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारतको सीमा नजिकै भएकाले कुनै बेला जहाजले भारतीय आकाशको प्रयोग गर्नुपर्ने हुन्छ तर भारतीय आकाश प्रयोग गर्न भारत सरकारसँग सम्झौता हुन नसक्दा एयरलाइन्स आकर्षित हुन सकेका छैनन् । भारतले सुरक्षाको कारण देखाउँदै पश्चिमतर्फको हवाई प्रवेश बिन्दु दिएको छैन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले २२ माघमा विमानस्थल अवलोकन गर्दै तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताउँदै उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा हवाई रूटको एजेण्डा राख्ने जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?