राससकाे सेवामा विविधिकरणका साथ सत्यतथ्य सूचना सम्प्रेषण गर्छौं : अध्यक्ष झा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको समाचार कक्षलाई आकर्षक एवं उदाहरणीय बनाउने बताउनुभएको छ ।

राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज रासस केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले रासस मुलुककै एक आधिकारिक समाचार प्रदायक संस्था भएकाले यसको विकास र विस्तार गरी यसको सेवालाई प्रभावकारी र विश्वसनीय बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, सरकारबाट प्राप्त हुने अनुदान र आफ्नो सीमित आम्दानीबाट खर्च व्यवस्थापन गनुपर्ने अत्यन्त कठिन चुनौती र दायित्व रहेकाले यसलाई सबैले बोध गर्नुपर्नेमा जोड दिनुभयो ।

ADVERTISEMENT

अध्यक्ष झाले भन्नुभयो, “गोर्खा भूकम्पले क्षति पु¥याएको राससको भवन भत्काएर बनाइएका नयाँ दुई भवनसँगै राससमा कार्यरत कर्मचारी एवं पत्रकारको हकअधिकारलाई आफ्नो स्रोत र साधनले भ्याएसम्म अझै सुदृढ र विस्तार गर्दै, पुनर्ताजगी तालिम, सामयिक वृत्ति विकास, पदोन्नति र क्षमता विकास गर्दै राससको भौतिक संरक्षणको सुरक्षा एवं पूर्वाधार विकास गरिनेछ ।”

अध्यक्ष झाले आफ्नो सेवाको विविधिकरणको प्रयासस्वरुप राससले गत साउन १ गतेदेखि श्रव्यदृश्य सेवा प्रारम्भ गरेको जानकारी पनि दिनुभयो । उहाँले राससको श्रव्यदृश्य परीक्षणकालमा रहेको र तत्कालका लागि निःशुल्क उपलब्ध गराउँदै आएको भन्दै यसको ‘फिडब्याक’ उत्साहप्रद आएको बताउनुभयो ।

उहाँले देश विदेशका महत्वपूर्ण घटनाक्रम, विषय र समसामयिक सन्दर्भका सत्यतथ्य सूचना, सन्देश र जानकारी छिटो छरितोरुपमा विश्वसनीय ढङ्गबाट सम्प्रेषण गर्ने कार्यमा राससले आफ्नो स्थापनाकालदेखि अहोरात्र काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “उपलब्ध सीमित स्रोत, साधन र जनशक्तिको अधिकतम उपयोग गरेर छापा तथा प्रसारणलगायतका आमसञ्चारमाध्यम र तीनका पाठक, दर्शक र श्रोताको चाहनाअनुरुपका समाचार प्रस्तुतिमा हाम्रो ध्यान सदैव केन्द्रित छ”, उहाँले भन्नुभयो ।
रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?