प्रहरीलाई ग्लोबल बैंकद्वारा २५ लाख सहयोग

Read Time = 2 mins

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ग्लोबल आइएमई बैंक र नेपाल प्रहरी कल्याण कोषबीच छात्रवृत्ति अक्षय कोष स्थापना, सञ्चालन एवं व्यवस्थापनमा सहकार्यसम्बन्धी सम्झौतासँगै उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई चेक हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

ADVERTISEMENT

बैंकको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीका जेहेन्दार तथा योग्य सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने पुण्य कामका लागि बैंकको योगदान अमूल्य रहेको भन्दै सहयोग रकमले प्रहरी कर्मचारीको मनोबल बढाउन थप टेवा पुग्ने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले नेपालको व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका सन्ततिलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्य जारी रहने बताउनुभयो ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज