सुनचाँदी व्यवसायीका समस्यामा संयुक्त कार्यदल

Read Time = 3 mins

काठमाडौं । सुनचाँदी व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न सम्बद्ध संस्थाले संयुक्तरूपमा अघि बढ्ने निर्णय गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघका प्रतिनिधिको छलफलले यस्तो निर्णय गरेको हो ।

पछिल्लो समयमा सुन आपूर्ति पर्याप्तमात्रामा नभएको, सुरक्षा निकायले अनावश्यकरूपमा व्यवसायीलाई दुःख दिएको, व्यवसाय सञ्चालनका लागि आवश्यक नीति, नियम, निर्देशिकामा राज्यले चासो नदिएको, भन्सार नाकाबाट वैधरूपमा ल्याइएका सुनका गहना जफत गरेर अनावश्यक दुःख दिने जस्ता थुप्रै कार्य भएको भन्दै दुवै महासंघले संयुक्तरूपमा दबाबमूूलक कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।

जसका लागि दुवै महासंघका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाउने र कार्यदलले तय गर्ने खाकाअनुरूप कार्यक्रम अघि बढाउने सहमति भएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुुभयो ।

ADVERTISEMENT

शाक्यका अनुसार कार्यदलले नीति नियम बनाउन सम्बद्ध निकायमा पहल गर्ने, कच्चा सुन पर्याप्त आपूर्तिका लागि व्यवस्था मिलाउन आग्रह गर्ने, व्यवसाय सञ्चालनका क्रममा देखापरेका समस्या समाधानका लागि संयुक्तरूपमा पहल गर्ने र आवश्यक परे आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गर्ने सहमति भएको छ ।

छलफलमा महासंघ अध्यक्ष शाक्यसहित उपाध्यक्ष विपिन रामुुदामु, पवनकुमार सोमानी, शिवकुमार सर्राफ, महेन्द्ररत्न शाक्य, कोषाध्यक्ष सुुदिप श्रेष्ठ, सचिव किरणभाइ बज्राचार्य, सहकोषाध्यक्ष पद्मसुन्दर शाक्य र काठमाडौं सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुुरेशमान शाक्यको सहभागिता थियो ।

सुनचाँदी रत्न तथा आभूषण महासंघबाट अध्यक्ष सुरेशमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, सहकोषाध्यक्ष गणेशप्रसाद विश्वकर्मा काफ्लेको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?