सांसद भण्डारीलाई थप उपचारका लागि भारत लैजाँदै, अनुहारको तस्वीर नखिच्न आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

यति बेला कीर्तिपुरस्थित अस्पताल परिसरका नेता कार्यकर्ताको भिड लागेको छ । घाइते भण्डारीलाई अस्पतालबाट एम्बुलेन्समा राख्ने क्रममा र एयर एम्बुलेन्समा राख्ने क्रममा तस्विर नखिच्न अनुरोध समेत गरिएको थियो । उहाँलाई एम्बुलेन्समा राखेर एयर एम्बुलेन्सका लागि लगिएको छ ।

भण्डारीलाई थप उपचारका लागि भारत लैजान अस्पतालबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लगिएको छ ।

नेता भण्डारीको अनुहार सुन्निएका कारण पत्रकार लगायत व्यक्तिहरुलाई फोटो नखिच्न आग्रह गरिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनु भयो ।

बिहीबार दिउँसो २ बजे श्री एयरलाइन्सको विमानबाट उनलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लैजान लागेको हो ।

ADVERTISEMENT

कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचाररत सांसद भण्डारीलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित भारत लैजान लागिएको हो ।

बुधबार राति खाना पकाउने सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनु भएको थियो। तर, बिहीबार बिहान उपचारकै क्रममा आमा हरिकलाको निधन भएको छ ।

नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिँदै

सांसद भण्डारीको आमाको निधन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *