यातायात व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबारमा वार्ता सुरु भएको हो ।

वार्ताका क्रममा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग यातायात व्यवसायीले हिजोको घटना योजनाबद्ध नभएको बताएका छन् ।

वार्तामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर संगठनहरूको समेत उपस्थिति छ ।

ADVERTISEMENT

ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए ।

ट्राफिक जरिवाना खारेजीलगायत १० बुँदे माग राख्दै यातायातसमेत बन्द गरेका व्यसायीलाई सरकारले वार्तामा आउन आह्वान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *