शिवम् को दोस्रो महिनाका भाग्यशाली विजेता

Read Time = 2 mins

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ उपहार योजनाको मासिक लक्की ड्रअन्तर्गत दोस्रो महिनाका भाग्यशाली ७० जनाको नाम घोषणा गरेको छ । यसअघि पुस २६ गते लक्की–ड्रमार्फत् पहिलो महिनाका भाग्यशाली विजेताको छनोट गरेको थियो । कम्पनीका अनुसार हालसम्म लक्की ड्रबाट उपभोक्तातर्फ ६० र बिक्रेतातर्फ ८० जना भाग्यशाली विजेता बनिसकेका कम्पनीले जनाएको छ । उनीहरूले स्योर सर्ट पुरस्कारमार्फत् एक लाख ५० हजारभन्दा बढीको सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् ।

शिवम् सिमेन्टले मंसिर १८ गतेदेखि नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो, जसअन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्ट खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गरी दुई सयदेखि पाँच सय रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि पाँच ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको छ ।

ADVERTISEMENT

यसपटकको लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कारबापत दुई भाग्यशाली जोडी बागमती–पोखरा क्षेत्रबाट विकास कोइराला र उपत्यकाबाहिरबाट रामप्रवेश यादवले थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गर्नुभएको छ भने दोस्रो पुरस्कारअन्तर्गत दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झासहित चार जोडीले हेलिटुर पुरस्कार जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज