उपनिर्वाचनका लागि आयोगद्धारा चितवन-२ मा काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आगामी १० फागुन हुन चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गरेको छ ।

हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्याबधिक गरेर आजदेखि नै काम सुरु गरेको हो ।

आयोगले सार्वजनिक गरेका तालिका अनुसार १ फागुनदेखि १६ चैतसम्म मतदाता नामावलीमा अद्याबधिक गर्ने कार्य हुनेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ ।

त्यसको भोलिपल्ट अर्थात २१ चैतमा उम्मेदवारको मनोनयनमाथि बिरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

उम्मेदवारको नामावली सार्वजनिक गरेको भोलिपल्ट अर्थात २३ चैतमा मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

ADVERTISEMENT

गत साता सर्वोच्च अदालतको संवैधानिक इजालासले सो क्षेत्रवाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उनको सांसद पद खारेज गरि दिए पछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो । सो रिक्त स्थानमा निर्वाचन आयोगले हिजो १० बैशाखमा सो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका लामिछानेले नेपाल फर्के पछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उहाँको सांसद पद खारेज गरिदिएको थियो ।

रास्वपाका सभापति लामिछानेले सत्ता साझेदार दलहरु संलग्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा तत्काल उपनिर्वाचनको पहलकदमी गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनुरोध गर्नुभएको थियो ।

प्रधानमन्त्रीलाई अनुरोध गरेको झन्डै ७ घन्टा पछि आयोगले चितवन–२ मा उपनिर्वाचन गराउने निर्णय सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *